२०८२ असार ९ सोमबार

राशिफल

सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको मृत्यु

काठमाण्डौं : सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको २ महिनापछि मृत्यु भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो ।

मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो तर उनको मृत्यु भएको छ ।