२०८२ जेठ २२ बुधबार

राशिफल

रियल र म्यानचेस्टर क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौ :  फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९ पिएसजीलाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा करिम बेन्जेमाले ह्याट्रिक गरेपछि पिएसजीलाई समग्रमा ३–२ गोलले पराजित गरी रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजी अन्तिम १६ बाटै बाहिरियो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा बेन्जेमाले दोस्रो हाफको १७ मिनेटभित्र ह्याट्रिक गरे । रियलका कप्तान बेन्जेमाले खेलको ६१औं, ७६औं र ७८ औँ मिनेटमा गोल गरे । बेन्जेमा च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । त्यसअघि खेलको ३९ औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।