काठमाण्डौ : प्रि मनसुन सुरु भइसकेकाले देशभर तापक्रम बढ्दै गएको छ भने बेलुका पख हावा चल्न थालेको छ । मनसुन अघिको समय प्रि मनसुनमा दिउँसो गर्मी धेरै हुने र त्यसपछि चट्याङ पर्ने हुन्छ ।
आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए । उहाँका अनुसार तत्कालका लागि तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना भने देखिएको छैन । तर, यो समयमा स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हुरी चल्ने जोखिम रहने भएकाले सचेत हुनुुपर्नेमा मौसमविद्को जोड छ ।
तपाइँको प्रतिक्रीया