२०८२ असार ९ सोमबार

राशिफल

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं :  संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । घटनास्थलमा अन्यको उद्धारकार्य जारी छ ।