२०८२ जेठ २१ मङ्गलबार

राशिफल

खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै

काठमाण्डौ :  सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

खेल दिउँसो चार बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोलले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।