२०८२ असार ९ सोमबार

राशिफल

अपडेट : संखुवासभामा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं :  संखुवासभामा बस दुर्घटना परि मृत्यु हुनेको संख्या १४ पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परि १४ जनाको मृत्यु भएको डिएसपी लालध्वज सुवेदीलेपुष्टि भएको बताए । मृतकको परिचय खुलेको छैन ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको जनाएको छ ।