२०८२ जेठ ३२ शनिवार

राशिफल

आज सुनको भाउ ३५ सय रुपैयाँ घट्यो

काठमाण्डौ :  हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।