२०८२ असार ९ सोमबार

राशिफल

कम्युनिष्ट पार्टीद्धारा कीर्तिपुरमा जग्गा कब्जा

काठमाण्डौं : नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको आरोप लगाउँदै जग्गा कब्जा गरेको बताएको हो ।