काठमाण्डौं : नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन भोलि हुने भएको छ । भोलि हुने निर्वाचनका लागि ईन्जिनियर संजय कुमार महतोले केन्द्रीय सह-कोषाध्यक्षका लागि आफ्नो उम्मेद्वारी दिएका छन् ।
उनले ई. दिलिपकुमार झा नेतृत्वको लोकतान्त्रिक ईन्जिनियर समुहबाट उम्मेद्वारी दिएका हन् । महतो युवा तथा समाजसवी ईन्जिनियरको रुपमा पनि परिचित रहेका छन् ।
आफ्नै कन्सल्टेन्सी तथा मिडिया हाउस खोलेर सञ्चालकको रुपमा रहेका महतोले अहिले धेरै व्यक्तिहरुलाई रोजगारी समेत दिएको बताए ।
उनि अरु उम्मेद्वार भन्दा फरक ढंगबाट काम गर्ने सोचका साथ अगाडी बढेका छन् । आफ्नो जितपश्चात नेपाल ईन्जिनियर एशोसिएसनको सुधारको निम्ति अहोरात्र लागि पर्ने उनले विश्वास व्यक्त गरे ।
उनले भोलि हुन लागेको चुनावमा सम्पुर्ण मतदाता ईन्जिनियरहरुलाई अमुल्य मत दिएर जिताउँन पनि अपिल गरेका छन् ।
नेईएको नेतृत्वमा पुगेपछि इन्जिनियरहरुलाई गौरवान्वित हुने गरी काम गर्ने र पेशागत मर्यादालाई उँचो बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
ईन्जिनियर महतोको प्रतिवद्धताहरु
१. इन्जिनियरिङ पेसामा आचारसंहिता र यसको मर्यादालाई गुणस्तरको अभिवृद्धी गर्न नेपाल ईन्जनियरिङ परिषदसँग भईरहेको सहकार्यलाई निरन्तरता दिने ।
२.ईन्जिनियरहरुको आफ्नो क्षेत्रमा सिप तथा क्षमता वृद्धी अध्यावधिक गर्न नियमित केन्द्रीय प्रादेशिक तथा स्थानीय तहमा तालिम संचालन गर्ने ।
३.नेपाल सरकारमा कार्यरत ईन्जिनियरहरुको वृति, विकास, क्षमता वृद्धि तथा सेवा सुविधाहरुको सुधार गर्नेतर्फ क्रियाशिल रहने ।
४. विषयगत क्षेत्रमा विशेशज्ञता र दक्षता हाँसलि गरेका वरिष्ठ तथा सेवा निवृत्त ईन्जिनियरहरुलाई समानजनक रुपमा काम गर्ने अवशर सिर्जना गर्ने ।
५.निजी क्षेत्रमा कार्यरत ईन्जिनियरहरुलाई न्युनतम सरकारीसरहको तलब प्राप्त गराउँन पहल गर्ने ।
६. ईन्जिनियरिङ रोजगारी बढाउन सरकारी तथा निजि क्षेत्रका विभिन्न निकायमा अधिकतम रुपमा दर्वन्दी सिर्जना गर्ने ।
तपाइँको प्रतिक्रीया