२०८२ असार ९ सोमबार

राशिफल

अब एसईई परीक्षामा उमेर हद नलाग्ने

काठमाण्डौं : अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो।

विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे उमेर हदको व्यवस्था खारेज गरिएको बताए ।