२०८२ असार ९ सोमबार

राशिफल

वार्षिक एकपटक मृगौला परीक्षण गर्न लामाको आग्रह

काठमाण्डौं :  बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वार्षिक रुपमा एकपटक मृगौलाको परीक्षण गर्न आग्रह गरेका छन् ।

उनले हरेक वर्ष मार्च १० मा मनाइँदै आएको विश्व मृगौला दिवसको अवसरमा बिहीबार एक स्वास्थ्य सन्देश जारी गर्दै नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षको एकपटक मृगौलाको परीक्षण गर्न आग्रह गरेका हुन् ।

उनले मृगौलाको स्वास्थ्य अवस्थाको जाँच गरेर मृगौलासम्बन्धी समस्या वा रोग लागेमा उपचार गर्न पनि अनुरोध गरेका छन् । उनले स्वास्थ्य सन्देश मार्फत भनेका छन्– ‘कोनिक मृगौला रोग समान्यतया घातक हुन्छ । विश्वमा प्रत्येक १० व्यक्ति यस रोगले ग्रसित भएको पाइएको छ ।

समयमै यसको उपचार नगरेमा यो घातक हुन्छ । प्रारम्भिक अवस्थामा यस रोग लाग्नबाट बचाउन साधारणतया हुने व्यवस्थापनबाट बिरामीलाई निको पार्न सकिन्छ भने घातक हुनबाट बचाउन सकिन्छ ।’