काठमाण्डौं : अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेशको निर्णय गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् । मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको रातोपाटीलाई जानकारी दिइन् ।
उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको भेटवार्ता भएको थियो । सो क्रममा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् ।
‘एमालेमा लाग्ने निर्णय गरेको छु । निजी हिसाबले मैले यो निर्णय गरेकी हुँ’, उनले रातोपाटीसँग भनिन्, ‘राजनीतिमा झुकाव छ । कुनै न कुनै विचारलाई समातेर अघि बढिन्छ । राजनीतिमा लाग्ने यो यो राइट टाइम पनि हो । पार्टीमा प्रतिबद्ध भएर अघि बढ्दा ठीक होला भनेर यो निर्णय लिएँ ।’
यसअघि उनी बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय थिइन् । केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् ।
तपाइँको प्रतिक्रीया