काठमाण्डौं : नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताएका छन् ।
बिहीबार केन्द्रीय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउँदै नेता तुलाधरले यस्तो बताएका हुन् ।
उनले गठबन्धनमा काँग्रेस सहभागी नभए काँग्रेस स्वयंलाई घाटा हुने बताए ।
नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए ।
तपाइँको प्रतिक्रीया