काठमाण्डौं : सिद्घार्थ बैंक लिमिटेडले बाँसबारी काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी हस्तान्तरण गरेका हुन्।
बैंकबाट प्राप्त उक्त रकम शहीदगंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरू थप्न उपयोग गर्ने जनाएको छ।
उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरूलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास लिएको बैंकले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया