२०८२ जेठ २२ बुधबार

राशिफल

श्रीलङ्कामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दै

काठमाण्डौ :  अभ्यास खेलको लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ ।

कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त ११ सँग खेल्दैछ ।

श्रीलङ्का ११ को टिमबाट राष्ट्रिय टोलीका महत्त्वपूर्ण पूर्व खेलाडी पनि खेल्ने भएकाले आजको खेललाई महत्त्वका साथ हेरिएको छ । नेपालसँग खेल्ने श्रीलङ्काको संयुक्त ११ मा उपुल थरङ्गा, थिसारा परेरा, धम्मिका प्रसाद, सिक्कुगे प्रसन्ना, दिलरुवान परेरा, दिलसान मुनाविरा र सन्दुन विराक्कोडी जस्ता पूर्व राष्ट्रिय क्रिकेटर रहेका छन् । नेपालले यसअघि भएका तीन वटै अभ्यास खेल जितेको छ ।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत यूएईमा हुने एक दिवसीय श्रृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो ।