२०८२ असार २ सोमबार

राशिफल

काठमाण्डौबाट मोटरसाइकल चोरी गर्दै हिड्ने पाँच जना पक्राउ

काठमाण्डौ   :  काठमाण्डौमा पाँच वटा चोरीका मोटरसाइकल र दुई वटा साइकलसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरले सुरु गरेको अपरेसन बाइक हन्ट अभियानका क्रममा चोरीका पाँच वटा मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावतीका सुरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ, सङ्खुवासभाको पाँचखपनका योगराज लिम्बु, झापाको बुद्धशान्तिका दिपेश मगर र सुर्खेतको मेलकुनाका विशाल राना रहेका छन् ।