२०८२ जेठ २७ सोमबार

राशिफल

झापामा जारी फुटवल प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब भिड्दै

काठमाण्डौ :  झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्।

खेल दिउँसो ३ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो।

आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।