२०८२ जेठ २२ बुधबार

राशिफल

युक्रेनमा करिव तीन लाख युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाउँदैं

काठमाडौं :  रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् ।

युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो ।

युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ रेज्रिकोभले रुससँगको लडाइँमा अप्रशिक्षित नागरिकलाई अग्रपङ्क्तिमा नखटाउने घोषणा  गरेको  छ ।