२०८२ असार १० मङ्गलबार

राशिफल

भरतपुर अस्पतालमा एक सुत्केरी महिला र नवजात शिशुको मृत्यु

काठमाडौं : चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका ४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु छोरीको शुक्रबार बिहान मृत्यु भएको हो ।

गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन् । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिए ।

भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताए ।