काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा गर्ने स्थलमा परिणत भएको बताएको छ ।
शनिवार पार्टीको आमसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुग्नु भएका अध्यक्ष लिङ्देनले एमसीसीको सम्बन्धमा प्रमुख राजनीतिक दलहरुले निभाएको भूमिकाले देशलाई दीर्घकालीन रुपमा क्षति पुर्याउने बताएको हो । उनले प्रमुख राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रको चलखेल बढेको बताए ।
उनले १२ बुँदे व्याख्यात्मक टिप्पणी ल्याएर राजनीतिक दलहरुले केटाकेटीपन देखाएको आरोप लगाएका छन ।
तपाइँको प्रतिक्रीया