२०८२ असार १० मङ्गलबार

राशिफल

प्रतिनिधिसभाको बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गर्नेछन् ।

गत १ फागुनमा नेकपा माओवादी केन्द्रका गुरुङ, नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको उक्त महाअभियोग प्रस्तावको समर्थकमा ९५ जना सांसद थिए ।