२०८२ जेठ ३२ शनिवार

राशिफल

आज नेप्से १०१ अंकले बढ्यो

काठमाण्डौं : आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से १०१ अंकले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६ सय ६७ अंकमा पुगेको हो ।

यसक्रममा आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अंकले बढेपनि कारोबार रकम भने नबढेको हो ।

यसअघि, गत साताको विहीबार ५२ अंकले बढेको थियो ।