काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
तपाइँको प्रतिक्रीया