२०८२ असार ३ मङ्गलबार

राशिफल

ब्राउन सु्गर सहित मोरङबाट ३ जना पक्राउ

काठमाडौं :  मोरङको बिराटनगर महानगरपालिका १५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका ९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका १५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका ५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन ।

हिजो राती साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले संका लागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैया १ लाख ५ हजार बरामद गरेको हो ।