२०८२ असार १० मङ्गलबार

राशिफल

प्राविधिक कारण सेयर कारोबार रोकियो, कहिलेसम्मलाई हो ?

काठमाडौं : साताको दोस्रो दिन दुई घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो ।