२०८२ जेठ २७ सोमबार

राशिफल

२४ घण्टामा ५८ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ पीसीआर परीक्षणमा ५० जना र एक हजार ८७९ एन्टिजेन परीक्षणमा आठ जना गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन । संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ ।