२०८२ असार १० मङ्गलबार

राशिफल

स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत

काठमाडौं  : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।

आयोगद्वारा आज आयोजित पत्रकार भेटमा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक दाबी विरोधसमेत कार्यक्रम, २०७८ अन्तर्गतका त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने कार्य भइरहेको बताइएको छ ।