२०८२ असार १० मङ्गलबार

राशिफल

माध्यामिक तहको शिक्षक पदको परीक्षा केन्द्र तोकियो

काठमाडौं : शिक्षक सेवा आयोगले १५ चैतमा सञ्चालन गर्न लागेको माध्यामिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला परीक्षाको केन्द्र तोकेको छ ।

प्रदेश स्तरमा सञ्चालन हुने परीक्षाको आयोगले उम्मेदवारको रोल नम्बर सहितको विवरण सार्वजनिक गरेको छ ।

आयोगले प्रदेश १ को परीक्षार्थीको लागि मोरङ, मधेश प्रदेशको लागि धनुषा, बागमती प्रदेशको लागि मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको लागि दाङ, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको लागि कैलाली जिल्लामा केन्द्रहरु तोकेको छ ।