काठमाण्डौ : चिट्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाख रुपैयाँको चिट्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी २९ लाख गुमाउनुपरेको हो ।
सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । विदेशीको नामको ह्वाट्सएपमार्फत चिट्ठाको सूचना आएलगत्तै पुन: नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्सएपमार्फत फोन गरी पार्सल र चिट्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए।
पीडितले भने ९० लाख रुपैयाँ पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख रुपैयाँ जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४ घर भइ भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया