२०८२ असार १० मङ्गलबार

राशिफल

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं : झापाको कमल गाउँपालिका ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । मृतकको परिचय खुल्न सकेको छैन ।

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।