काठमाण्डौ : नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले हस्ताक्षर गरेको छ । सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुद लगायतका क्षेत्रमा सहकार्यको बाटो खुलेको छ ।
तपाइँको प्रतिक्रीया