२०८२ असार ११ बुधबार

राशिफल

स्थानीय तहको निर्वाचनमा प्रहरीको संख्या कम हुने अनुमान

काठमाडौं :  स्थानीय तहको निर्वाचन सुरक्षाका लागि प्रहरीको संख्या थोरै हुने प्रक्षेपण गरिएको छ । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने विश्लेषण गरेर प्रहरी प्रधान कार्यालयले केही ठाउँको सुरक्षा जिम्मा सशस्त्र प्रहरी र सेनालाई दिन प्रस्ताव गरेको छ ।

२०७४ मा दुई चरणमा गरेर स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा सरकारले २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । त्यतिबेला ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार मतदानस्थल र केन्द्रमा थोरै प्रहरी परिचालन गर्ने वा केही ठाउँमा सशस्त्र र सेनालाई खटाउने गरी कार्यविधि बनाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो ।

यसअघिको स्थानीय निर्वाचनमा भन्दा यसपटक मतदान स्थल र केन्द्र थपिएका छन् । मतदान स्थल ८५ वटा र ३ हजार भन्दा बढी मतदान केन्द्र थपिएको बताइएको छ ।