काठमाडौं : पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र एनओसी लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् ।
शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने विद्यार्थीको संख्या अत्यधिक देखिएको बताए । ‘पछिल्लो साता चाप अस्वाभाविक रुपमा बढेको छ । हामीले सबैलाई सेवा दिनै समस्या भइरहेको छ’ उनले भने ।
तपाइँको प्रतिक्रीया