२०८२ जेठ ३२ शनिवार

राशिफल

अर्थमन्त्री शर्माको खर्च घोषणा असफल, ८ महिनामा पूँजीगत खर्च २० प्रतिशत मात्रै

काठमाण्डौं :  चालु आर्थिक वर्ष २०७८र७९ को ८ महिनामा पूँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ । फागुन मसान्तसम्म पूँजीगत खर्च मात्र ७७ अर्ब १४ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको २०.४ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

विनियोजन भएको खर्चले गति लिन नसकेपछि अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षामार्फत पूँजीगत खर्चको लक्ष्य संशोधन गरी ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ तोकिएको छ । यस अनुसार नयाँ लक्ष्य पूरा गर्न समेत चालु आवमा बाँकी रहेको चार महिनाको अवधिमा मासिक ६५ अर्ब ७५ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

अर्थमन्त्री जनार्दन शर्माले कार्यकाल सम्हालेलगत्तै प्रतिबद्धता व्यक्त गरेको प्रत्येक महिना १० प्रतिशत पूँजीगत खर्च गर्ने घोषणा असफल भएको छ । अहिले उनी आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ९० प्रतिशतसम्म पूँजीगत खर्च प्रगति पुर्‍याउन विकासे मन्त्रालयहरुलाई दबाब दिइरहेका छन् ।