२०८२ असार ११ बुधबार

राशिफल

शंखुवासभा बस दुर्घटनाका मृतक परिवारलाई जनही १ लाख रुपैयाँ दिइने

काठमाण्डौं : गत बिहीबार शंखुवासभाको मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिए ।

बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजार रुपैयाँसमेत दिने, मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक बनाउने निर्णय गरेको उनले बताए । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उनको भनाइ छ ।