२०८२ असार ११ बुधबार

राशिफल

एआईजीमा धानुक, पन्त र सिंहको नाम

काठमाडौं : नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक डीआईजी प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

अब सरकारले बढुवा गरे धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आईजीपीको दौडमा सहभागी हुनेछन् ।

पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् र उनीसँगै अवकाश पाउने छन् ।