२०८२ असार ११ बुधबार

राशिफल

नागरिकता विधेयक अन्योलमा

काठमाडौं : ०७५ साउनमै संसदमा पुगे पनि दलहरुबीचको दहलफसलका कारण अघि बढ्न नसकेको नागरिकता विधेयक थप अन्योलमा परेको छ । संघीय संसदको चालू अधिवेशन मंगलबारदेखि अन्त्य भएसंगै यो विधेयक थप अन्योलमा परेको हो ।

योसँगै स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न नसके पनि अर्को वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदानको अधिकार पाउने अपेक्षा गरेका नागरिकता विहीनहरु थप समस्यामा परेका छन् ।

पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाँणले दुई पटक सर्वदलीय बैठक राखेर नागरिकता विधेयकमाथि छलफल चलाएका थिए । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच पनि छलफल भएको थियो । तर, विधेयक अगाडि नै नबढाउदै अधिवेशन अन्त्य भएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार नागरिकता विधेयकलाई सरकारले गम्भीर रुपमा लिएर छलफल सुरु गरेको छ ।