२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आईसीसी क्रिकेट : नेपालले पिएनजीसँग भिड्दै

काठमाण्डौ :  आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे यूएइको दुबई अन्तर्राष्ट्रि रङ्गशालामा हुने छ ।

श्रृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रबार यूएईसँग, तेस्रो खेल आउँदो सात गते यूएईसँग नै र चैत आठ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।

श्रृङखला अघि श्रीलंकामा चार वटा अभ्यास खेल खेलेको नेपाल तीन वटामा जित र एउटामा पराजित भएको थियो ।