काठमाण्डौ : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाण्डौ महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ ।
महानगर उपमेयर हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी संरचना भत्काएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो ।
विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए । महानगरपालिकाले राति राति काम गरेर पुरातात्विक मापदण्ड विपरीत काम गरेको सम्पदा बचाउ अभियानकर्मी गणपतिलाल श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रीया