२०८२ असार ११ बुधबार

राशिफल

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले अचानक संसद् अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।