२०८२ जेठ ३२ शनिवार

राशिफल

सुनको भाउ आज पनि १२ सय रुपैयाँले घट्यो

काठमाण्डौ :  सुनको भाउ आज पनि घटेको छ । हिजो मंगलबार एकै दिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको र लगानीकर्ताले पनि भाउ बढेको मौकामा बिक्री गर्न थालेकाले भाउ घट्न थालेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।