काठमाडौँ : फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पल शाहको ठाउमा सौगात मल्ल भित्रिएका हुन् ।
पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो ।
२ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन भइरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन ।
अहिले भने फेरि सुरु हुन लागेको हो । फिल्मका कलाकार पल फेरिएका र एक कलाकार जयनन्द लामाको निधन भएकोले फिल्म सुरुबाटै खिचिने भएको छ ।
दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा दयाहाङ राई, सौगात मल्ल,वर्षा राउत,उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।
आगामी ४ कार्तिकमा फिल्म रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले बताए ।
तपाइँको प्रतिक्रीया