काठमाडौं: अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। अहिले विभागले पाटन उच्च अदालतमा मुद्दा हालेको हो।
भक्तपुरको सौगात इन्टरनेशनल संस्थाले नं.३०४३०९५४४० का प्रोपराइटर दीपककुमार देउजा, खाता संचालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरेको हो ।
सौगात इन्टरनेशनलले नक्कली मूल्य अभिवृद्धि विजक लिई वित्तीय विवरण तथा आय विवरणहरु तयार गरेको विभागको आरोप छ। साथै मुल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी गरी तिर्नुपर्ने भ्याट नितिरेको र आयकरतर्फ लागत खर्च दाबी गरी आयकर समेत चुहावट गरेको विभागको आरोप छ।
उनीहरुलाई भ्याटतर्फ २ करोड ५२ लाख १४ हजार र आयकरतर्फ ५ करोड ६९ लाख ५८ हजार गरी ज्म्मा विगो आठ करोड २१ लाख ७२ हजार कायम गरिएको छ। विभागले भष्टचार विरुद्दको कार्य पारर्दशी पार्नका लागि वार््म्वार अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया