२०८२ असार १२ बिहीबार

राशिफल

सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु छन् : प्रचण्ड

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु भएको बताएका छन् ।

विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए ।

‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ’, बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा भने, ‘माओवादीहरू त्यसमा सिपालु छैनन् ।

त्यसमा काँग्रेस एमाले नै सिपालु छन् ।