२०८२ असार १२ बिहीबार

राशिफल

चैत मसान्तभित्र काठमाडौँ पानी पुर्‍याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपानी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन्।

बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन् । जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौँ पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिएका छन् ।

मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी थिए ।

मन्त्री चौधरीले भने, ‘सबैका उचित माग पूरा हुन्छन्, यसतर्फ सरकार सजग छ, तर काम बन्द गर्ने काम कसैले पनि गर्नु हुँदैन । कुनै पनि हालतमा सरकारले तोकेको समय यही महिनाभित्रै काठमाडौँ पानी पुर्‍याउनुपर्छ ।

ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनुपर्नेमा उनले जोड दिए । उनका अनुसार भईरहेको काम राम्राँ रहेको छ ।