काठमाडौँ : प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई छक्याइरहेको बताएका छन् । सत्तारुढ गठबन्धनले सच्चा काम नगरेको आरोप लगाएका हुन् ।
आज बसेको संसदीय दलको बैठकमा सत्तारुढ गठबन्धनले अमेरिकालाई समेत छक्याएकाले अरुलाई नछक्याउला भन्न नसकिने उनले बताएका थिए । सत्तारुढ गठबन्धन अहिले छलछाममा लागेको समेत उनले बताएका हुन ।
चुनावी सरकार भएकाले प्रमुख प्रतिपक्षमाथि चौतर्फी प्रहार गरिरहेको पनि ओलीले बताए । उनले त्यसको सामना गरेर
स्थानीय तह निर्वाचनमा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका थिए ।
एमाले निर्वाचनमा एक्लै जाने र त्यसैमा ध्यान केन्द्रित गर्न पनि ओलीले सांसदहरूलाई जानकारी दिए ।
यसैगरी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग लम्ब्याउन खोजेकाले त्यसको विरोद्धमा ला्ग्न समेत उनले भनेका थिए ।
मुलुकको आर्थिक अवस्था कमजोर भएको र त्यसको यथार्थ जानकारी जनतामा लैजान अध्यक्ष ओलीले निर्देशन दिएका थिए ।
तपाइँको प्रतिक्रीया