काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका साना दलले अब आगामी चुनावमा भने आफ्नो दलको चिन्ह नै पाउने सहजता कायम गरेको छ ।
आज बुधवार आयोगमा बसेको बैठकले चुनाव चिन्ह दिने प्रयोजनका लागि सबै जिल्लाका संगठनको विवरण माग्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था रहेको थियो ।
यसैगरी निर्वाचन आयोगले ७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र सबै विवरण दिन आयोगले समय निर्धारण गरिसकेको छ।
तपाइँको प्रतिक्रीया