२०८२ असार १२ बिहीबार

राशिफल

स्थानीय चुनावमा आयोगले पुरानो मतपेटिका नै प्रयोग गर्ने

काठमाडौँ  : निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा आयोगले नयाँ मतपेटिका नकिन्ने भएको छ ।

यस पटक निर्वाचन आयोगले अघिल्लो पटकको चुनावमा प्रयोग भएका मतपेटिका नै प्रयोग गर्ने भएको हो । चुनावका लागि ५५ देखि ६० हजार मतपेटिका चाहिनेमा सो सङ्ख्याको मतपेटिका आयोगसँग मौज्दात रहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।