२०८२ असार १२ बिहीबार

राशिफल

दोहोरो नागरिकता लिएको आरोपमा युवती पक्राउ

काठमाण्डौं  : दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ बर्षीया पूजा ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी उनले २८ मंसिर २०६७ मा पुनः जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।