२०८२ जेठ २३ बिहीबार

राशिफल

युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्दै

काठमाडौं :  युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

गएको फेब्रुअरी २४ देखि रूसले आक्रमण सुरु गरेयता अहिलेसम्म तीस लाखभन्दा धेरैले युक्रेन छाडेको राष्ट्र सङ्घको प्रारम्भिक तथ्याङ्क छ ।

यी मध्ये झण्डै एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन आईओएमका प्रवक्ता पल डिलनले बताएको छ । तीस लाखको आधा सङ्ख्यामा झण्डै १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । युक्रेनमा हरेक दिन ७० हजारभन्दा धेरै बालबालिका शरणार्थी भएका छन् ।